ताजा अपडेट
श्रीपेज ३० भाद्र २०७८

बैतडीमा एमाले कार्यकर्ता भेला, १५ हजार संगठित सदस्य पुर्‍याउने

बैतडी, ३० भदौ

नेकपा एमाले बैतडीले अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेलामार्फत संगठित सदस्य १५ हजार पुर्‍याउने गरी कार्यक्रम जारी राखेको छ ।  गत एक महिना यता सुरू भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत संगठित सदस्य दोब्बरले वृद्धि गर्ने एमाले बैतडीको योजना छ ।

अन्तिम चरणमा पुगेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रममार्फत आठ हजारले वृद्धि गरेर संगठित सदस्य १५ हजार पुर्‍याउने उद्देश्य राखेको एमाले बैतडीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र भण्डारीले न्युज कारखानालाई बताए ।

६ कात्तिकमा वडा कमिटीको अधिवेशन र ९ गते हुने पालिका कमिटीको अधिवेशनलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

निस्क्रिय अवस्थामा रहेका वडा र पालिकाका अधिकांश सदस्यहरूलाई सक्रिय गराई संगठन विस्तार गरिरहेको पार्टीका जिल्ला कमिटि सदस्य तथा मेलौली नगरपालिका–५ का वडाअध्यक्ष बलभद्र दयालले बताए ।

आगामी १५–१७ असोजमा नेकपा एमालेको विधान अधिवेशन हुने छ भने मंसिरमा महाधिवेशन हुँदै छ ।

Maruti Cement