श्रीपेज
२७ भाद्र २०७८
काठमाडौँ क्षेत्र न. ४ अन्तर्गत पर्ने बुढानिलकण्ठ नगरपालिका युवा कुमार खडकाले काठमाण्डौ क्षेत्र नं ४ को नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिमा निर्वाचन लड्ने तयारी गरेका छन। बुनपा १२ खरिबोटका स्थाई निवासी खड्काले आउँदो नेपाली कांग्रेसको अधिवेशनमा वडा नं १२ का तर्फ बाट क्षेत्रीय प्रतिनिधिमा आफ्नो दाबेदारी पर्स्तुत गरेका हुन।

विभिन्न सामाजिक संघ संस्थामा आवद्ध खड्काले सामाजिक सेवामा उल्लेख्य काम गरेका छन् । विभिन्न अभियान मार्फत अफ्ट्यारोमा परेकाहरुलाई व्यक्तिगत तथा संथागतरुपमा सहयोग गर्दै आई रहेका खडका लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लव अफ काठमाण्डौ कपनको प्रेसिडेन्ट समेत रहेका थिए।

हाल लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत डिस्ट्रिक चेयरपर्सन रहेका उनले नेपाली कांग्रेसलाई बलियो बनाउदै त्यस मार्फत जनताको सेवा गर्नका लागि क्षेत्रीय प्रतिनिधिमा लड्ने तयारी गरेको बताएका छन।

नेपाली कांग्रेसले विगतका संविधान सभा र प्रतिनिधि सभामा जनताको मन जितेर कायम गरेको इतिहासलाई अझ दरिलो बनाउन र स्थानीय तथा प्रदेस निर्वाचनमा विजयी बनाउनका लागि आफुले योगदान गर्ने बताउदै उनले सबै मतदाता क्रियाशील सदस्यहरुलाई सहयोगका लागि आग्रह गरेका छन।

कुमार खड्काले वडा नं ११ मा पस्मिना व्यवसाय मार्फत ४५ भन्दा बढी ब्यक्तीहरुलाई रोजगारी समेत प्रदान गर्दै आएका छन। बिशेषत युवाहरुमाझ लोकप्रिय खडका सम्पूर्ण कांग्रेसजानको सहयोगले सफल हुनेमा बिस्वस्त देखिन्छन ।