ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज २४ भाद्र २०७८

प्रहरी हुँ भन्दै धम्क्याएर पैसा असुल्ने तीनजना पक्राउ

उदयपुर, २३ भदौ: जिल्ला प्रहरी कार्यालय उदयपुरले नक्कली प्रहरी बन्दै पैसा असुल्ने तीनजनालाई त्रियुगा बसपार्कबाट पक्राउ गरेको छ । सिभिल प्रहरीको नाममा पैसा माग्ने तीनजना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कमा सिभिल प्रहरी हुँ भन्दै धम्की दिएर पैसा माग्दै हिँडेको आरोपमा तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  त्रियुगा नगरपालिका– ३ का २३ वर्षीय दिनेश खत्री, शिवालयटोल बस्ने २३ वर्षीय अविनाश कार्की र डिएम गेट बस्ने २५ वर्षीय विष्णु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार बसपार्क पुलमा आवतजावत गर्ने मानिसहरूलाई आफूहरु सिभिल प्रहरी भएको बताउँदै उनीहरू पैसा र अन्य सामानहरु धम्क्याउँदै मागेका हुन् । पक्राउ परेका तीनैजनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Maruti Cement