ताजा अपडेट
श्रीपेज २३ भाद्र २०७८

कप्तान किरण आईबी वर्ल्ड स्कुलको एम्बास्डर

न्युज कारखाना
काठमाडौं २३ भदौ

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ) प्रिमियर इन्टरनेसनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बास्डर बनेका छन् ।

बुधबार स्कुलले पत्रकार सम्मेलन गर्दै कप्तान किरणलाई एम्बास्डर घोषणा गरेको हो ।

कार्यक्रम अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा प्रमुख अतिथि थिए ।

किरणलाई प्रिमियर स्कुलका वसन्त थापाले ब्रान्ड एम्बास्डर घोषणासँगै सम्झौता पत्र प्रदान गरे ।

सन् २००८ मा मकाउविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका कप्तान किरण थ्री नेसन्स कपमा पूर्वकप्तान विराज महर्जनले संन्यास लिएपछि टोलीको नियमित कप्तान छन् ।

आइतबार मात्रै किरणले विराजको राष्ट्रिय टोलीबाट ७३ क्यापको कीर्तिमान तोडेका थिए । दोस्रो मैत्रीपूर्ण खेलमा भारतविरुद्ध खेल्दा किरणले सर्वाधिक ७४ क्याप खेल खेलेका हुन् ।

कप्तान किरणसहित नेपाली टोली साफ च्याम्पियनसिपकाे तयारीका लागि कतार यसै साता प्रस्थान गर्नेछ ।

Maruti Cement