ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज १६ भाद्र २०७८

एउटै बाल्टीका लागि युद्ध, गयो दुई हजारकोे ज्यान

रोम, १६ भदौ: प्राचीन इटालीमा सन् १३२५ मा दुई सहर बोलोगाना र मोडेनाबीच भीषण युद्व भएको थियो । उत्तरी इटालीका यी दुई सहरबीचको युद्वको निहुँ भने सामान्य अर्थात वाल्टीसँग सम्बन्धीत थियो । बाल्टी चोरीको विषयमा भएको युद्वमा दुबै पक्षका गरी दुई हजार जनाको मृत्यु भएको थियो ।

युद्व एउटा पौराणिक कथासँग युद्ध जोडिएको थियो । प्राचीन समयमा मोडेनाबासीले बोलोगानीको इनारबाट पानी झिक्ने क्रममा एउटा बाल्टी पनि चोरेका थिए । त्यसैको बदलामा युद्व भएको थियो । उत्तरपूर्वी इटालीका २० प्रशासकीय क्षेहरुमध्येको प्रमुख मानिएको इमिलिय रोमाग्नामा भएको सो युद्व मोडेनाले जितेको थियो । जितपछि उसले सो वाल्टी आफ्नो कब्जामा पारेको थियो ।

पौराणिक कथा बाल्टीसँग जोडिएको बताइए पनि मोडेनाले मोन्टेभेग्लिओको दरबार नियन्त्रणमा लिएपछि युद्ध घोषणा भएको आधुनिक इतिहासकार दाबी गर्छन् । तर, बाल्टीलाई आधुनिक भाषामा ट्रफीसँग पनि जोडिएको छ ।

२२ हजार ४ सय ४६ किमी क्षेत्र भएको सो क्षेत्रमा हाल ४४ लाख मानिस बसोबास गर्छन् ।

Maruti Cement