श्रीपेज
२७ श्रावण २०७८
यो सामग्री अडियोमा सुन्नुहोस् ।
बिष्णु प्रसाद भट्टराई
साउन २७ काठमाडौ: काठमाण्डौ क्षेत्र नं ४ प्रदेस निर्वाचन क्षेत्र-२ बाट निर्वाचित बनेका प्रदेस सभा सदस्य कुसुम कुमार कार्की अहिले प्रदेशको उधोग पर्यटन तथा वातावरण उपसमितिको संयोजक रहेका छन ।
नेकपा एमालेमा देखिएको विवाद संगै गठन भएको काठमाण्डौ जिल्ला कमिटीमा सचिव बनेका कार्की त्यस यता जिल्लाको राजनिती एवम प्रदेशको काममा सक्रिय रहेका छन।कार्की आफुले पाएको जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्ने पर्छ भन्नेमा बिश्वास राख्दछन। राजनिती आफ्नु लागि हैन देश र जनताको लागि गर्नुपर्छ भन्ने कार्की जिल्ला सचिव भए सगै जिल्ला राजनितिमा ठूलो माहोल सिर्जना भएको छ। त्यस्तै कार्किकै सक्रियतामा कोभिड बिरुद्व आफ्नु केही गर्ने उद्देश्यले अहिले काठमाडौ क्षेत्र न ४ अहिले एउटा कोष खडा भएको छ।
बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडा मिलेर बनेको काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बनेका कार्कीलाई अहिले प्रदेसको पर्यटन नितिको मस्यौदा निर्माणमा व्यस्त रहेको बताएका छन। बागमती प्रदेसको पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकलाई अन्तिम रुप दिनका लागि जिल्ला जिल्लामा छलफलमा रहेको जानकारी दिदै प्रदेस सभा सदस्य कार्कीले हाल सम्म काठमाण्डौ उपत्यकाका तिन जिल्ला ,नुवाकोट ,काभ्रेपलान्चोक जिल्लाका जिसस प्रमुख,उपप्रमुख र जनप्रतिनिधिहरु संग छलफल गरेर सुझाव लिइएको बताएका छन।
साउन २७ गते सिन्धुली र ३२ गते चितवनमा सो विधेयकका वारेमा छलफल गर्ने योजना रहेको बताउदै बागमती प्रदेस उद्योग ,पर्यटन तथा वातावरण समिति अन्तर्गतको पर्यटन उपसमितिको संयोजक रहेका कार्कीले जिल्लाको छलफल पश्चात भाद्र ४ गते काठमाण्डौमा सबै छाता संगठन र सरोकारवाला निकायका प्रतिनिधि संग छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन।
बागमती प्रदेशको समृद्धिमा पर्यटन विकासको मुख्य र महत्वपूर्ण भूमिका हुने बताउदै आएका कार्कीले सबै जिल्ला बाट सुझाव संकलन पश्चात समितिको बैठकमा गहन विमर्स गरेर बागमती प्रदेसको पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकलाई प्रदेस सभामा प्रस्तुत गर्ने तयारी गरिएको जानकारी पनि दिएका छन। साथै आफ्नु निर्वाचन क्षेत्र पर्यटकिय हिसावले ठूलो संभावना रहेको क्षेत्र भएको हुदा यहाको बिकासको लागि महत्वोपुर्ण योजना कार्किले तयार पार्नु भएको छ । बुढानिलकण्ठमा देश भरिका ठूलो मात्रा पर्यटन ब्यवसाही हरुको बसोबास रहेको हुनाले व्यावसायिक समूहसग अन्तरक्रिया कार्यक्रम गर्ने उहाको योजना रहेको छ।