ताजा अपडेट
श्रीपेज २६ श्रावण २०७८

सदनलाई प्रभावकारी बनाउने बारेमा प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौँ, २६ साउन: प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उहाँहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।