ताजा अपडेट
श्रीपेज २६ श्रावण २०७८

एन्फाका वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक विवादमा अध्यक्ष कर्माछिरीसंग बयान

यो सामग्री अडियोमा सुन्नुहोस् ।

काठमाडौं । एन्फाका वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक विवादमा छानविनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानविन समितिले मंगलबार एन्फा अध्यक्ष समेत रहेका कर्माछिरिङ शेर्पा सहितका पदाधिकारीसंग बयान लिएको छ । सो विवाद छानविनका लागि गठिन समितिले एन्फा अध्यक्ष शेर्पा सहित मंगलबार ४ जनासंग बयान लिने तयारी गरेको थियो ।

समितिको बिहान ११ बसेको बैठकले अध्यक्ष शेर्पा सहित पदाधिकारीमाथि बयानको काम थालेको समितिका एक सदस्यले बताए ।

एन्फाका वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरी तथा दुई खेल पत्रकारले दिएको उजुरीका आधारित रहेर समितिले घटनामा संलग्नसंग बयानको लिने निर्णय गरेको थियो ।

समितिले घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरि १४ जनासंग बयान लिने सुचि तयार गरेको थियो । सुचिमा अध्यक्ष शेर्पा सहित घटनामा प्रत्यक्ष संलग्न वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक रहेका थिए ।

वरिष्ठ उपाध्यक्षलाई कारण देखाउदै मुख्य प्रशिक्षकले राजीनामा दिने घोषणा गरेपछि एन्फा विवाद उत्कर्षमा पुगेको थियो । घटनाको छानविन गर्न मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षले एन्फामा निवेदन दिएका थिए ।

दुवै निवेदनमा छलफल गर्दै एन्फाले छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिएको थियो ।

मन्त्रालयले घटनाको छानविन गर्न राखेपलाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखे संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

समितिलाई ७ दिनभित्र छानविन गरि सुझाव सहितको प्रतिवेदन बुझाउन अख्तियारी छ ।

तर छानबिन शुरु हुनु अगाडी नै एन्फाका वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले तेस्रो व्यक्तिको मध्यस्ततामा विवाद समाधान गरेका थिए ।

Maruti Cement