ताजा अपडेट
श्रीपेज १९ श्रावण २०७८

पारसको सन्यास : ‘एक युगको अन्त्य’

१९ साउन, काठमाडौं । धेरैलाई आश्चर्यमा पार्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे ।

खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो करिब दुई दशकको क्रिकेट करियर अन्त्य गरेको घोषणा गरेका हुन् । करिब दुई वर्षअघि पारसले कप्तानबाट राजीनामा दिँदा समेत त्यस्तै भएको थियो । तर उनले खेलाडीको रुपमा निरन्तरता दिएका थिए ।

तर यस पटक भने खड्काले अब नेपालका लागि नै नखेल्ने निर्णय गरेका हुन् । ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय गरेको छु ।नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो,’ पारसले सामाजिक सञ्जालमा लेखेका छन् ।

पारसले आफूलाई नेपाली क्रिकेटमै सम्भवत सबैभन्दा उत्कृष्ट खेलाडी सावित गरेका छन् । उत्कृष्ट कप्तान, नेपाली क्रिकेटको पोष्टर ब्वाइ अनि क्रिकेटर मात्र नभए सेलिब्रिटी खेलाडीको पहिचान समेत बनाएका पारसको सन्याससँगै नेपाली क्रिकेटको एउटा युगकै अन्त्य भएको उनीसँगै डेब्यु गरेका बिकास दली बताउँछन् । ‘अपेक्षा विपरीत । समय भएको थिएन । एउटा युगकै अन्त्य भयो ।

Maruti Cement