ताजा अपडेट
श्रीपेज ४ श्रावण २०७८

तरुण दल बाग्मती प्रदेश सदस्यमा अभिषेक श्रेष्ठ मनोनय

काठमाडौं । नेपाल तरुणदल बाग्मती प्रदेशसदस्यमा चन्द्रागिरि नगरपालिका स्थित अभिषेक श्रेष्ठ मनोनयन हुनु भएको छ । नेपाली कांग्रेस तरुणदल विभाग प्रमुख शंकर भण्डारीले श्रेष्ठलाई तरुणदल बाग्मती प्रदेश सदस्यमा मनोनयन गरिएको जानकारी दिनु भएको हो।

नेपाली कांग्रेस, तरुण दल र लोकतन्त्र प्रति आस्था राख्ने युवाहरुलाई सम्वन्यन गरि गतिशिल बनाउन श्रेष्ठको महत्वपूर्ण योगदान हुने भण्डारीको भनाइ छ । श्रेष्ठ लामो समय देखि नेपाली काँग्रेस र तरुण दलमा क्रियाशील हुनु हुन्छ ।

तरुणदल चन्द्रागिरि नगर समिति प्रचार प्रसार विभाग प्रमुख समेत रहेका श्रेष्ठ सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील हुनहुन्छ । बाग्मती प्रदेश सदस्यमा मनोनय भएकोमा श्रेष्ठले पार्टीले दिएको जिम्मेवारी पुरा गर्न आफ्नो तर्फबाट सक्दो मेहनत गर्ने प्रतिवद्धता जनाउनु भयो ।

Maruti Cement