ताजा अपडेट
श्रीपेज १३ असार २०७८

काठमाडौं सिन्धु सेवा समाज द्वारा हेलम्बु मेलम्चिबासिलाई सहयोग

काठमाडौ १३ असार: आफ्नो मुल जन्म थलो सिन्धुपाल्चोक रही हाल बिभिन्न पेशा ब्यबसायमा काठमाडौंमा बसोबास गरीरहेको सिन्धुबासिहरुको सम्स्था सिन्धुसेवा समाजले मेलम्ची बाढी पीडितहरुलाई बिभिन्न सहयोग गरेको छ ।

सिन्धुपाल्चोक हेलम्बु मेलाम्चीमा आएको बाढी पहिरो बाट स्थानियहरुको घर जग्गा जमिन बगाएको र अहिले दैनिकी असाध्यै अप्ठ्यारो रहेको छ । मेलम्ची हेलम्बु क्षेत्रमा विभिन्न ठाउमा पहिरोले सडक सम्बन्ध बिछेद छ बिद्धुत लाइन पनि नभएको अवस्थामा सन्चार सम्बन्ध विच्छेद छ। यस्तो अवस्थामा   काठमाडौ बस्नेहरुले त्यस क्षेत्रमा मानिसको लागि दैनिक अत्यावश्यक सामाग्री हेलम्बु गाउँ पालिका वडा न २ का अध्यक्ष श्री छिरिङ ग्यालमो शेर्पालाई काठमाडौ सिन्धुसेवा समाजका अध्यक्ष धुर्वराज नेपाल, उपाध्यक्ष निरन्जन नेपाल, बुनपा नगर प्रबत्ता, १२ का अध्यक्ष, ११ का अध्यक्ष तथा नगरकार्यपालिका सदस्यहरुको उउपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी मेलाम्ची नगरपालिकाका लागि सस्थाका उपाध्यक्ष निरन्जन नेपालले हेलम्बु गाउँ पालिकाका नगर प्रमुख भगवती नेपालाइ हस्तान्तरण गरिएको जानकारी सस्थाका सचिव बिश्नु प्रसाद भट्टराईले दिनुभयो । मानबिय सेवामा समर्पित सिन्धुसेवा समाजले त्यस भेगमा बिरामिहरुका लागी स्वास्थ्य टोलि सहित विशेषज्ञ सेवा पनि प्रदान गरेको थियो।

Maruti Cement