ताजा अपडेट
श्रीपेज
१३ असार २०७८
काठमाडौँ, गाेंगबुकी करुणा पाण्डे आफूलाई निकै ‘लक्की’ मान्छिन् । अभिनेत्री बन्न अभिनय सिकिरहेकी उनले फिल्ममा काम गर्ने अवसर पाइन् । ‘एक्टिङ कोर्स गरिरहेका बेला ‘जय शम्भु’ फिल्ममा अभिनेत्रीका रूपमा अनुबन्धित भएँ,’ उनले भनिन् । ‘जय शम्भु’ मा उनीसँगै अनुपविक्रम शाही र प्रशान्त ताम्राकार पनि मुख्य भूमिकामा रहेका थिए । ‘डेब्यू फिल्ममा अनुभवी कलाकारसँग काम गर्न पाउनुलाई मैले अवसरका रूपमा लिएकी छु,’ पाण्डेले भनिन् ।


