ताजा अपडेट
श्रीपेज
२५ बैशाख २०७८
तनहुँकी प्रमिला सिलवाल ल्याब टेक्निसियनको कोर्स पूरा गरेर मोडलिङमा लागेकी छिन् । ‘मेरो रुचिको क्षेत्र मोडलिङ भए पनि परिवारबाट पढाइ पूरा नहुञ्जेल मोडलिङमा लाग्न अनुमति नमिलेपछि त्यो कोर्स गरेकी थिएँ,’ उनले भनिन् । जागिर र मोडलिङलाई सँगसँगै अघि बढाउने बताउने उनी केही र्याम्प सो, म्युजिक भिडियो र विज्ञापनमा देखिइसकेकी छिन् । ‘जागिरसँगै मोडलिङ गर्दा कसरी सर्भाइभ हुने भन्ने चिन्ता कम हुन्छ,’ उनले भनिन्, ‘त्यसैले दुवैलाई एकसाथ अघि बढाउने योजना छ ।’