ताजा अपडेट
श्रीपेज २५ बैशाख २०७८

कोरोनाविरुद्धको लडाइमा नेपाललाई साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

अमेरिकी टेलिभिजन सीएनएनलाई शनिबार विशेष अन्तर्वार्ता दिँदै ओलीले राष्ट्रसंघ लगायतका निकायलाई मद्दतका लागि आग्रह गरेका हुन् । नागरिकलाई भाइरस संक्रमणबाट जोगाउन सरकारलाई अधिकतम प्रयास गरिरहेको समेत उनले जनाए ।

भाइरस नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्धहरु लागु गरिएको बताउँदै प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालको परिस्थिती नियन्त्रणमा रहेको समेत बताए ।

Maruti Cement