ताजा अपडेट
श्रीपेज २५ फाल्गुन २०७७

दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमतिको संख्या ९३ हजार भन्दा बढी

२५ फागुन ( रासस÷सिन्हवा): दक्षिण कोरियामा गत २४ घण्टामा थप ४४६ जनामा कोरोना सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ९३ हजार २६३ पुगेको छ । गत सोमबार ३४६ जनामा कोरोना संङ्क्रमण भएको थियो । मङ्गलबार एक सय सङ्क्रमित बढी एकै दिनमा ४४६ मा सङक्रमण देखिएको हो ।

कोरोना शुरु भएयता यहाँँ हालसम्म ८३ हजार ९०० व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ घण्टामा दक्षिण कोरियाका तीन व्यक्तिको मृत्यु भएपछि कुल मृतकको संख्या १ हजार ६४५ पुगेको समाचारमा जनाइएको छ । गत फेबु्रअरी २६ बाट कोभिड–१९ विरुद्ध खोप शुरु गरिएको छ र हालसम्म ३ लाख ८३ हजार ३४६ जना खोप लगाइसकेका छन् ।

Maruti Cement