ताजा अपडेट
श्रीपेज २३ फाल्गुन २०७७

प्रतिनिधिसभा बैठकमा कसको रणनीति के ?

आजबाट सुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनले राजनीतिक दलहरूको विभिन्न रणनीतिको सामना गर्नुपर्ने छ । सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी वैधानिक रुपमा नफुटेको र दुई वटा खेमामा स्पष्ट रुपमा विभक्त भएकाले प्रतिनिधिसभको बैठक पेचिले हुन लागको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि राजनीतिक दलहरूको बीचमा बढेको तिक्तता प्रतिनिधिसभमा प्रकट हुने भएकाले बैठक कस्तो रुपमा अघि बढ्ने हो सबैले चासो दिइरहेका छन् ।
प्रधानमन्त्री ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउँछ कि आउँदैन त्यो हेर्ने, आए त्यसलाई सामना गर्ने, संसदलाई विजनेश नदिने छिट्टै संसद बैठक अन्त्य गरिदिने रणनीति बनाएका छन् ।
नेकपाका दाहाल–नेपाल पक्षले कांग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने, आफ्नो नेतृत्वमा सरकार बनाउन कोसिस गर्ने र नसकेको कांग्रेसलाई सरकारको नेतृत्व दिने रणनीति बनाएको छ ।
कांग्रेसले भने नेकपाको औपचारिक विभाजनको प्रतीक्ष गर्ने, त्यसपछि ओली वा दाहाल–नेपालसँग आफ्नो नेतृत्वमा सत्ता गठबन्धन बनाउन कोसिस गर्ने रणनीति बनाएको छ ।
यसैगरी जसपाले कांग्रेस र निर्वाच आयोगको निर्णय पर्खने, त्यसका आधारमा कुनै एउटा गठबन्धनसँग जोडिने रणनीति बनाएको छ ।

Maruti Cement