ताजा अपडेट
श्रीपेज २ चैत्र २०७७

नेकपा एमालेका संस्थापन तथा असन्तुष्ट पक्षबीच धुम्बाराहीमा पहिलो वार्ता सम्पन्न

काठमाडौं चैत्र २, नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच धुम्बाराहीमा भएको पहिलो वार्ता सकिएको छ तथा दुवै पक्षले आआफ्नो अडान राखेका छन् ।

वार्तामा नेपाल पक्षले २८ गतेको वालुवाटारबाट भएका निर्णयहरु फिर्ता लिनुपर्ने अडान राखेको छ । वार्ता सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ गतेको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको बताए ।

‘अदालतले हामी सबैलाई एकै ठाउँमा ल्याइदिएको सन्दर्भमा एमालेलाई एकताबद्ध, सुदृढ दिशातिर अघि बढ्नुपर्ने विषयमा बैठकमा छलफल भयो’, पन्तले पत्रकारसँग भने ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विशेष बैठक राखेर माओवादीतर्फका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुका साथै केही नेताहरूको जिम्मेवारी हेरफेर गरेका थिए । त्यसप्रति माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

Maruti Cement