ताजा अपडेट
श्रीपेज १ चैत्र २०७७

माओवादी पार्टीको नाम फेर्ने एजेण्डा बैठकमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको नाम फेर्नका लागि आजदेखि शुरू भएको केन्द्रीय कमिटिको बैठकमा प्रस्ताव पेश गरिएको छ । तेस्रो एजेण्डाको रुपमा पार्टीको नाम फेर्ने सम्बन्धमा सदस्यहरुको राय मागीएको छ ।

सो एजेण्डामा कन्युनिष्ट पार्टीबीच एकीकरणको विषय पनि समेटिएको केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले जानकारी दिए । पार्टीको नाम यहि राख्ने भन्ने प्रस्ताव चाहिँ गरिएको छैन । माओवादीभित्र नेकपा (समाजवादी) वा नेपाली कम्युनिष्ट पार्टी कुन नाम राख्ने भन्नेबारे छलफल चलिरहेको छ । कतिपयले भने माओवादी ब्राण्ड छाड्न नहुने अडान पनि लिएका छन् ।

ओली नछाड्ने १३ माओवादी सांसदमाथि कारबाही प्रस्ताव
माओवादी केन्द्रको बैठकमा रामबहादुर थापा ‘बादल’ सहित १३ जना सांसद र अन्य १० जना केन्द्रीय सदस्यमाथि अनुशासनको कारबाही प्रस्ताव गरिएको छ । यो बैठकले ती नेताहरूलाई निष्कासन गर्ने सम्भावना छ ।

Maruti Cement