ताजा अपडेट
Ambe Steels: Dainik 1400T
श्रीपेज १ चैत्र २०७७

सृष्टि बनिन् मोटी सुन्दरी

सृष्टि उप्रेतीले ‘सुपर प्लस साइज मोडल नेपाल २०२० सिजन–३’को उपाधि जितेकी छन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर पनि पाइन्। प्रतियोगितामा स्मृति अधिकारी ‘फस्ट रनर अप’ बनिन्।

विधागततर्फ सृष्टि उप्रेती ‘मस्ट फोटोजेनिक’, रोजिना राई ‘मोस्ट इन्थुजियास्टिक’, कृष्णा कोइराला ‘मोस्ट स्मार्ट’, प्रेरणा राजवंशी ‘मोस्ट इन्टेलिजेन्ट’, रोजिना राई ‘मोस्ट भ्युअर्स च्वाइस’, सृष्टि उप्रेती ‘मोस्ट चार्मिङ’ र ‘मोस्ट ट्यालेन्ट’, स्मृति अधिकारी ‘मोस्ट कन्फिडेन्ट’, सिर्जना आलेमगर ‘बेस्ट पर्सनालिटी’, कृष्णा कोइराला ‘अडियन्स च्वाइस’ र ‘पब्लिक च्वाइस’ घोषित भए।

आयोजक डेविलसिंह राजपुतले प्लस साइज (मोटोपन) भएर निराश भई बसेका महिलालाई लक्षित गर्दै उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको प्रमुख अतिथि पूर्वसूचना तथा सञ्चारमन्त्री तथा सांसद डा. मीनेन्द्र रिजाल थिए। प्रतियोगिताको निर्णायकमा हिसानका केन्द्रीय उपाध्यक्ष, काठमाडौं भ्याली स्कुल एन्ड कलेजका अध्यक्ष तथा त्रिभुवन युनिभर्सिटीका सहायक प्राध्यापक डा. स्वागत श्रेष्ठ, भीएस निकेतन स्कुलकी प्रधानाध्यापक संगीता श्रेष्ठ, गायक सीताराम पोख्रेल र र्‍यापर तथा सञ्चारकर्मी एनएसके निर्णय श्रेष्ठ रहेका थिए।

Maruti Cement