ताजा अपडेट
श्रीपेज २६ फाल्गुन २०७७

केपी ओलीले चाहे अझै एकता हुन सक्छ: नारायण काजी श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अहिलेनै केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिने जनाएको छ । अझै पनि माओवादी केन्द्र र नेकपा एमालेको पुन एकता तथा सत्ता साझेदारी हुन सक्ने अड्कल समेत काटिएको छ ।

माओबादी केन्द्रको भर्खरै बसेको स्थाई कमिटिको निर्णय सुनाउने क्रममा नेता नारायण काजी श्रेष्ठले पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिने क्रममा केपी ओलीले प्रधानमन्त्री बाट राजिनामा गरि तत्काल एकताको पहल गरेमा असम्भव केही नभएको बताएका छन् ।
श्रेष्ठले अहिलेको मुख्य एजेण्डा भनेको यहि संसदलाई पुरा अवधि काम गर्न दिने वातावारणको सृजना गर्ने बताए ।

स्थाई कमिटिको निर्णयअनुसार नेपाली कांग्रेस र जसपासँग भएको वार्ताबारे बैठकमा अध्यक्ष प्रचण्डले जानकारी दिएको र आज पनि थप वार्ता हुने कुरा बताए ।

 

Maruti Cement