ताजा अपडेट
श्रीपेज ३ फाल्गुन २०७७

यी हुन् फिटनेस सामग्री, जसबाट शरीरको पूरै व्यायाम एकैचोटी गर्न सकिन्छ

Woman gym

काठमाडाैं : फिटनेसका लागि जिम तथा क्लब जान नभ्याउनेले घरमै केही फिटनेसका सामग्री राखेर एक्सरसाइज गर्न सकिन्छ। खासै महँगो पनि नपर्ने र सानो ठाउँमा फोल्डिङ गरेर राख्न मिल्ने केही फिटनेस सामग्री यस्ता छन्ः

एबी जिम 

यो अमेरिकामा बनेको ब्रान्डेड एक्सरसाइज गर्ने मेसिन हो। यसलाई २३ तरिकाले प्रयोग गर्न सकिन्छ। यसबाट पेट घटाउने, बाइसेप्स तथा ट्राइसेप्स बढाउने कसरत गर्न सकिन्छ। खुट्टाको एक्सरसाइजका लागि पनि यो उपयोगी हुन्छ। यसबाट ढाडको मसाज पनि गर्न सकिन्छ। दैनिक १० मिनेट यो मेसिनबाट एक्सरसाइज गर्दा केही महिनामा नै राम्रो नतिजा पाउन सकिन्छ। हप्ताको दुई पटक यो मेसिनबाट एक्सरसाइज गर्दा पनि शरीर फिट राख्न सकिन्छ। एक्सरसाइज गरेपछि फोल्डिङ गरेर सानो ठाउँमा राख्न सकिने भएकाले यसलाई कहाँ राख्ने भन्ने झन्झट पनि हुँदैन। दुई वर्षको वारेन्टीसहित एबी जिमको मूल्य १४ हजार ५ सय रुपैयाँ पर्छ।

स्पिन एक्स फिटनेस बाइक 

शरीरको क्यालोरी बर्न गर्न यो फिटनेस बाइक निकै उपयोगी हुन्छ। यो पनि फोल्डिङ गर्न मिल्ने खालको बाइक हो। यो बाइक चलाउँदा घुँडामा असर गर्दैन। तौल घटाउन यो बाइक उपयोगी हुन्छ। दैनिक आधा घण्टा यो बाइक चलाउँदो मांसपेशी बलियो हुनुका साथै शरीर कसिलो हुन्छ। यो पूरै शरीरको व्यायाम गर्न उपयोगी हुन्छ। यसमा डिजिटल डिस्प्ले जडान गरिएको हुन्छ। जसले किलोमिटर, स्पिड, टाइम र क्यालोरी मापन गर्छ। तन्दुरुस्तीका लागि यो बाइक चलाउँदा निकै फाइदा हुन्छ। यसको मूल्य करिब ३५ हजार रुपैयाँ पर्छ।

डाइनाजिम 

यसबाट पाँच तरिकाले एक्सरसाइज गर्न सकिन्छ। यसलाई ट्वीस्ट गर्न मिल्छ। यसबाट पुसअप, स्ट्रेचअप, पुलअप गर्न सकिन्छ। यसबाट पेटको एक्सरसाइज पनि गर्न मिल्छ। यो सानो आकारको मेसिन भएकाले यसलाई कतै घुम्न जाँदा साथमा लिएर जान पनि सकिन्छ। यसलाई ९ हजार ५ सय रुपैयाँ पर्छ।

फोल्डिङ फिटनेस बाइक 
यो कोरियन ब्रान्डको फोल्डिङ बाइक हो। यो साउन्डलेस हुन्छ। कोठाको एउटा कुनामा राखेर चलाउन मिल्ने यो बाइक चलाएर पूरै शरीरको व्यायाम गर्न मिल्छ। यसको सिट आरामदायी हुन्छ। ह्यान्ड रेस्ट र ब्याक रेस्ट गर्न मिल्ने यो बाइकबाट आरामदायी तरिकाले एक्सरसाइज गर्न सकिन्छ।

पुलअप बार 
यसबाट चार तरिकाले एक्सरसाइज गर्न सकिन्छ। यो वयस्कका लागि उपयोगी छ। जिम जान नभ्याउनेका लागि यो निकै उपयोगी हुन्छ। पुसअप र पुलअप तथा पेटको एक्सरसाइजका लागि यो उपयोगी हुन्छ।सकेसम्म माथिक सबै र नसकेमा आफूलाई उपयुक्त हुने कुनै एउटै आइटम छनोट गरेर घरमा राख्ने र नियमित एक्सरसाइज गर्ने हो भने हामी जिम नगईकन पनि शरीर फिट राख्न सक्छौँ।

Maruti Cement