ताजा अपडेट
श्रीपेज २० माघ २०७७

खेलाडीलाई ओलीले पढाए पाठ, सोधे : तोपसँग नहार्नेले यत्रायत्रा डल्लासँग किन हार्ने?

PM KP Oli

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलाडीले हार्न नहुने बताएका छन्। उनले नेपालीको इतिहास हार्ने नभएको बताउँदै यस्तो अभिव्यक्ति दिएका हुन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित खेलकुदसँग प्रधानमन्त्री अन्तक्रिया कार्यक्रममा ओलीले ‘तोप गोला’सँग नहार्नेले खेलकुदमा हार्न नहुने बताए। अन्तर्क्रियामा ओलीले नेपाल खेलकुदमा किन पछाडि परेको छ भन्नेबारे मन्तव्य दिए।

‘नेपाल कहिल्य उपनिवेश बनेन। यत्रा डल्ला फ्यक्दा किन हार्ने? कक्रेटमा किन हार्नु परेको छ? तोप गोलासँग नहार्ने, लडाइ कहिल्यै नहार्ने परम्परा भए पनि खेलकुदमा हार्‍यो। एउटा कुस्ती हार्‍यौं,’ उनले भने।

ओलीले जितका लागि अभ्यासलाई माथि उठाउन आवश्यक भएको बताए। त्यसका लागि लेटेस्ट स्पोर्टस टेक्नोलोजी आवश्यक भएको उनको भनाई थियो।

खेलाडीको क्षमता अनुसार छानिनु पर्ने ओलीले बताए।

‘मलाई पोल जम्पमा पठाउनु भयो भने गल्ती हुन्छ। छनोट्मा गल्ती हुनुहुन्न। ट्यालेन्ट छनोट हुनुपर्छ। इन्भेस्ट ठीक ठाउँमा गर्नुपर्छ। अनि राम्रो उत्पादन आउँछ,’ उनले भने।

खेल क्षेत्रलाई अनुत्पादक क्षेत्र भन्न नहुने ओलीको तर्क थियो।

‘खेल्कुदले धान फलाउँदैन। आलु पनि फलाउँदैन। ज्यालेट नि सिलाउँदैन भनेर अनुत्पादक भन्नुहुन्न र उत्पादक भनेर मकैका ठूला घोगा फलाउँदैन,’ उनले भने,’५१ स्वर्णले पर क्यापिटा इनकम, जीडीपी बढाउँदैन तर आफ्नो हिसाबको उपलब्धि दिन्छ। अनुत्पादक होइन,’ उनले भने।

खर्चको कमी छ भनेर सहभागी गुमाउन नहुने ओलीको भनाई छ।

कोरोनाका कारण खेल पछाडि परेको र अब खोप आइसकेकाले खेलक्षेत्र उठ्ने उनले बताए।

‘खेल्ने बेलामा मिलाएर सुरु गर्ने र हार जितपछि पनि हाम्रो मित्रता कायम छ भन्ने चलन हुन्छ। अब कोभिड १९ बिचमा बेस्सरी चर्किएको थियो। हिजो दिनमा कति नाघेको थियो। अहिले दिनमा १ सय ५७ मा झरेको छ। यो कमजोर हुँदै गएको छ,’ ओलीले दाबी गर्दै भने,’ अब त हामीसँग हतियार छ। भ्याक्सिनसँगै लडेपछि यो भाग्छ। हाम्रो सामाजिक जीवन अगाडि बढ्छ। खेलकुद क्षेत्र माथि उठछ।’

खेलाडीको कदर गर्न आफूले नै सुरु गरेको ओलीको दाबी छ। उनले यो क्रम अझै बढने बताए। ‘कामको कदर गर्न अलि धित मर्नेगरी मैले नै सुरु गरेको होला। अझै अघि बढने छ,’ उनले भने।

Maruti Cement