ताजा अपडेट
श्रीपेज २० माघ २०७७

वर्तमान सरकार धारा ७६ (१) अन्तर्गतकै भएको महान्यायाधिवक्ताको जिकिर

Agni Kharel

काठमाडौं, माघ १९ : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटउपर सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारी निर्णयको बचाउमा बहस गर्दै वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको जिकिर गरेका छन् ।

संविधानको धारा ७६ (२) अनुरूपको सरकार नभएको उनको भनाइ थियो । त्यसक्रममा न्यायाधीश अनिल सिन्हाले पार्टी एकीकरण नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए भन्ने प्रश्न गरे । महान्यायाधिवक्ता खरेलले उक्त प्रश्नको जवाफ दिएनन् ।

महान्यायाधिवक्ता खरेलले कमजोर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न सक्ने, तर बहुमतप्राप्त प्रधानमन्त्रीलाई खुम्चिएर बस भन्ने व्याख्या हुन नसक्ने जिकिर गरे ।

Maruti Cement