ताजा अपडेट
राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाव फ्याँक्ने अपराधीमाथि कडा कारबाहीको व्यवस्थाका लागि अध्यादेश जारी गरेकी छिन् ।
उनले सरकारले सिफारिस गरेको तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, सोमबार जारी गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाव आक्रमणमा पीडित बनेकाहरूसँगको छलफलमा यसबारे कडा नियमसहितको कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए ।
सोहीअनुसार सरकारले यस्तो अध्यादेश ल्याएको हो ।