ताजा अपडेट
श्रीपेज १२ आश्विन २०७७

जनरल इन्स्योरेन्सको आइपिओमा पहिलो दिनमै पर्यो माग भन्दा बढी आवेदन

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजदेखि निष्काशन गरेको साधारण शेयर (आइपिओ) मा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्म करिब साढे ३२ लाख कित्ता शेयरको लागि आवेदन परेको हो ।

शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईविएल एस क्पापिटलका अनुसार कम्पनीको आईपीओमा ९७ हजार १७० वटा आवेदनबाट ३२ लाख ४४ हजार ६३० कित्ता शेयरको लागि आवेदन परेको छ । यो कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० कित्ता भन्दा ५ लाख १४ हजार ६३० कित्ता बढी हो ।

Maruti Cement